काठमाडौँमा असिना पानी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा


काठमाडौँ।

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ ।महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका केही जिल्लाहरुमा वर्षा भइरहेको जानकारी दिइन् । उनका अनुसार बागमती र गण्डकी प्रदेशमा अलि धेरै वर्षा भइरहेको छ। बागमतीको काठमाडौं वरीपरी, दोलखा लगायतका क्षेत्रमा र सोलुखुम्बुतिर पनि वर्षा भइरहेको छ। गण्डकी प्रदेशको गोरखा, लमजुङतिर वर्षाको अवस्था छ ।

अहिले मेघ गर्जन चट्याङसहित हल्का खालको वर्षा भइरहेको र साँझ पर्दै गएपछि क्रमिक सुधार हुन सक्ने आकलन गरिएको बताइन् । पानीसँगै काठमाडौंमा असिनासमेत परेको छ।छोटो समय असिना परेको हो।

शुक्रबार पनि बिहान मौसम खुल्ने, दिउँसो हल्का वर्षा हुने र साँझ क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको आकलन गरिएको उनले बताइन् ।