काठमाडौँ।
रंगहरूको पर्व होली बिहीबार देशका पहाडी जिल्लाहरूमा हर्षोल्लासका मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ ।
सोही क्रममा काठमाडौँको वसन्तपुरमा पनि सर्वसाधारणले भव्य रूपमा होली पर्व मनाएका छन् ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
तस्बिर: अनिल आङदेम्बे










प्रतिक्रिया