विगतका गल्ती नदोहोराउने , मजदुर किसानसँग सम्बन्ध सुधार्ने  : प्रचण्ड 

1.69k
Shares

बुटवल। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब विगतका गल्ती नदोहोराउने र विगतमा मजदुर किसानसँग केही सम्बन्ध कमजोर भएकोले अब त्यसलाई सुधारेर जाने बताए । कहिले एमाले र कांग्रेससँगै गठबन्धन गर्दा उनीहरूको रोग सरेकोले अब त्यो गल्ती नर्गर्ने गरी जनतासँग माफी माग्न आएको बताए ।

 बुधवार बुटवलमा मगर मुक्तिमोर्चाको छैटौं राष्ट्रिय सम्मेलनको उद्घघाटन समारोहलाई सम्बोधन गर्दै उनले रौतहटमा आउँदा सरकारको गलत कृयाकलापले इतिहासबाट परास्त समूहले चुनौती दिएकाले काठमाडौं गएर विरोध गरेका बताए । अहिलेको सबै अधिकारको जननी माओवादी भएको जिकिर गदै त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादीलाई भएको जिकिर गरे । उनले सरकारविरुद्ध कडा आलोचना गरे ।

हामीले नेतृत्व गरेको सरकारले भ्रष्टाचारको फाइल खोलिरहेको थियो, देशव्यापी सकारात्मक काम भएको थियो, भारत, चीन युरोपसँग कूटनैतिक मर्यादा बनाएको थियो, सबैलाई सम्झना होला,’उनले भने ।

सुदर्शन वरालको अध्यक्षतामा भएको कार्यक्रममा ओनसरी घर्ती ,चक्रपाणी  खनाल , देव गुरुङ मगर राष्ट्रिय मूक्ति मोर्चा नेपाल केन्द्रीय अध्यक्ष गणेश सलामी मगर लगायतले बोलेका थिए  ।