८६ सम्बन्धन क्याम्पसमा अध्यक्ष निर्विरोध

३३ नेबिसंघ, ३२ अनेरास्ववियु र २१ अखिल (क्रान्तिकारी)

2.63k
Shares

काठमाडौं ।

 स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन अन्तर्गत  देशभरका ८६  वटा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यक्षलगायत सबै पदमा निर्विरोध  भएको छ । निर्विरोध भएका मध्ये नेबिसंघ ३३, अनेरास्ववियु ३२ र अनेरास्ववियु(क्रान्तिकारी) ले २१ क्याम्पसमा अध्यक्ष पदम निर्विरोध भएका छन् ।

 विद्यार्थी संघ र संगठनले अध्यक्षमा निर्वाचित भएको क्याम्पसलाई गणना गरेका छन् । मंगलबार मनोनयन दर्तासंगै ती क्याम्पसमा निर्विरोध भएको हो ।   सम्बन्धनप्राप्त क्याम्पसमा चैत ५ गते निर्वाचन हुनेछ । त्रिबि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक एवं स्ववियु निर्वाचन केन्द्रीय समितिका सदस्य सचिव प्राडा पशुपति अधिकारीले  सम्बन्धनप्राप्त क्याम्पसमा कुन संगठनका अध्यक्ष निर्वाचित भए भन्ने विषयमा जानकारी नहुने बताए ।

 कतिमा प्रक्रिया भयो, कुन क्याम्पसमा भएन भन्ने विषयमा निर्वाचन सकिएपछिमात्र जानकारी हुने उनको भनाई थियो । समितिले ६२ आंगिक क्याम्पसको निर्वाचन प्रक्रियाबारे मात्र जानकारी राख्ने गरेको छ ।

 हाल तीन संगठनले जितेका क्याम्पस मध्ये केहीमा तालमेल गरेको र केहीमा एकल निर्वाचित भएको पाइएको छ । नेविसंघका प्रवक्ता सुरज सेजुवालले नेबिसंघले हालसम्म ३३ क्याम्पसमा निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

 अनेरास्ववियुका अध्यक्ष समिक बडालले हालसम्म अनेरास्ववियुले ३२ क्याम्पस अध्यक्ष निर्विरोध भएको जानकारी दिए। (अनेरास्ववियु क्रान्तिकारी)का फ्रयाक्सन इचार्ज हिमाल शर्माले पछिल्लो परिणाम अनुसार २१ क्याम्पसमा निर्विरोध भएको जानकारी दिए ।