पाठक पत्र : हाम्रो मुलुकको दुरवस्था


नेपालका शासक वर्गहरु भ्रष्टै भ्रष्ट हुन् । गिरीबन्धु काण्ड, ओम्नी काण्ड, बालुवाटार काण्ड, भुटानी शरणार्थी काण्ड आदि यसका उदाहरण हुन् । कांग्रेस, एमाले, माओवादीसमेतले नेपाल बनाउने होइनन्, खालि अंशवण्डा र भागवण्डाको राजनीतिक गर्छन् । त्यही भएर जहिले हुनेखानेले नै सरकार चलाउँछन् ।

हुनेखानेले हालिमुहाली गर्छन् । जनताको समस्या बुझ्दैनन् । आफ्ना नाता–कुटुम्बलाई मात्र देख्छन् । हेरक मन्त्रालय, सेवालय, कार्यालय, विद्यालयमा पनि आफ्नै आसेपासे हुन्छन् । २१ औँ शताब्दीमा पनि इमानदारिताको आँखाले हेर्दैनन् । जनताका छोराछोरीलाई सम्झाउँदैनन्, शत्रु ठान्छन् ।

जनताका छोराछोरी २०–२५ वर्ष लगाएर पढ्छन्, आफ्नो देशमा काम पाउँदैनन्, माया पाउँदैनन् । नेताहरु विदेशीको इशारामा देश चलाउँछन् । आफ्नो देशलाई माया गर्दैनन् । दाइ कांगे्रस, भाइ कांग्रेस, एमाले संसारमा कहीँ नभएको जोसुकैलाई जग्गा बाँड्ने भूमि अध्यादेश ल्याउन लागेको छ । यो हामी तमाम नेपालीलाई मान्य छैन । जनता पहिलाजस्तो मासु र भातमा बिक्दैनन्, जाँड र रक्सीमा बिक्दैनन् ।

अब त जनताले क्यान्सर रोग पत्ता लगाइसके । सधैँ मोतिविन्दु रोग लागेका हुँदैनन् । अबका जनताले सधैँ के.पी. ओली, शेरबहादुर देउवा र प्रचण्ड भन्दैनन् । अहिले जनताका आँखा दुरबिनजस्तै भइसके । अब बाजेको पालो गयो, बाबुको पालो गयो । अब मेरो पालो हो, हाम्रो पालो हो । सधैँ पागलपन र बेकुफ बन्ने काम हुँदैन ।

न पढ्ने छोराछोरीलाई सरकारले वास्ता गर्छ, न हुनेखानेले नै वास्ता गर्छन् । घरको अभिभावकले पनि हेला गर्छन् । अबदेखि सम्बन्धित सरोकारवालाले पनि ध्यान दिनुपर्छ । नपढ्ने छोराछोरीलाई माया गर्नुको सट्टा गाली ख्वाउँछन् । अनि म सोच्छु, आमाबाबुलाई पनि गाली दिऊँ जस्तो लाग्छ ।

मेरो मन रुन्छ, आँसु आउँछ । मेरो आँसुको अर्थ कसले गर्छ ? नपढ्ने छोराछोरीहरु अरुको डेरा, फाटेको लुगा, फाटेको जुत्ता । सन्तान सरकारी स्कुलमा पढ्छन् । सरकारको यसमा ध्यान जाओस् । नपढ्नेको सिल्भर थाल, सिल्भरको कसौँडी, बाँच्ने कसरी ? गरिबको बोल्दिने कोही छैन । बाटो बिराएको सन्तानजस्तो शिक्षा नभएका छोराछोरीको हालत यस्तो छ । शिक्षा नभएका छोराछोरीलाई मावली घरबाट क्षमताअनुसार घर बनाउन जग्गाजमिन दिनुपर्छ, पैसा दिनुपर्छ । अनि पढ्न नपाउने छोराछोरीहरुको आँसु झर्दैन ।

आमाबाबुको कर्म हो, नत्र घरको शत्रु मुसा, चराचुरुङ्गीको दुश्मन काग, जनावरको शत्रु बाघ, देशको शत्रु भष्टाचारी प्रधानमन्त्रीहरु । किताब च्यातेपछि गाताको के काम ? कसैले सम्झाउँदा नाइँ भन्ने नाता के काम ? पानी परी लुथ्रुक्क भिजे पनि मुसुमुसु हाँस्ने साथी के काम ?

संविधानमा प्रगतिशील समाजवाद लेखेर कम्युनिस्ट पार्टीको के काम ? त्यस्तै एमसीसी र नागरिकता विधेयक पास गरिसकेपछि शासक वर्गको के काम ? हाम्रो घरमा आमाबुबा नभएपछि संसार नै छैन जस्तो हुन्छ । जनतालाई माया नपाएपछि जनताको आक्रोश यस प्रकार हुन्छ । हथौडा–हम्मरले देशद्रोहीलाई खत्तम गर्नु छ ।

हामी मात्र एकजुट भइदिए कसरी बाँच्छन् शासकहरु ? पसिनाको पोखरीमा बाँच्ने शोषकहरु सचेतनामा बाँच्न चाहँदैनन्, बोल्न सिकाउँदैनन् । आफ्नो हँसिया आफूतिर तान्ने कहिल्यै गर्दैनन् । खबरदारी जनैधारीज्यूहरु, सच्चा बाहुनबाजे पुरोहितहरुले दैविक विधि कर्म पुण्यको कर्म गर्छन्, देशमा शान्ति छाओस् भनेर ठाउँ–ठाउँमा सप्ताह लगाउँछन् । यस धर्तीमा सम्पूर्ण प्राणीहरुको कल्याण होस् भनी आरती गर्छन् । संविधान रक्षा होस् भनेर प्रार्थना गर्छन् । मरेको मान्छेको मातापिता, बाजेबराजुको नाममा श्राद्ध गर्छन् ।

पाँच–छ पटक मन्त्री बनेको कसैलाई पनि मन पर्दैन । मुलुकको दुरवस्था छ । प्रमुख दलका नेता–कार्यकर्ताहरुलाई ठीक ठाउँमा ल्याउन सके मात्र देश ठीक ठाउँमा आउँछ ।
– तुल्सीनारायण लाखेमरु
सूर्यविनायक न.पा.–८, जगाती सीपाडोल ।