काठमाडौं ।
आगामी चैत २९ गते रिलिज हुने फिल्म पिताम्बरका मुख्य कलाकार प्रदीप खड्काको जन्मदिन पारेर सोमबार फिल्मको दोस्रो टिजर सार्वजनिक गरिएको छ।
बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक टिजरमा फिल्ममा रहेको प्रदीपका दृश्यमात्र समेटिएको छ। अधिकांश दृश्य एक्सनका छन्।
टिजरमा फिल्ममा प्रदीपको मिहिनेत झक्लिन्छ। केपी फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा कृषा चौलागाईंद्वारा निर्देशित तथा विशाल चौलागाईंद्वारा निर्मित फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काप्mले, रवीन्द्र भट्टराई, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं, सुप्रोल बुढाथोकी (अनमोल) लगायतले अभिनय गरेका छन्।
पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता तथा सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ।
प्रतिक्रिया