पौने २४ खर्ब विदेशी विनिमय सञ्चिति, डेढ वर्षको आयात धान्न सक्ने


काठमाडौँ।

विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६९ अर्ब ८ करोड रुपियाँ पुगेको छ । गत असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपियाँ रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार कुल अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा माघ मसान्तमा ११।७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा माघ मसान्तमा १३।९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा माघ मसान्तमा ३७।१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७।२ महिनाको वस्तु आयात र १४।४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१।५ प्रतिशत, १२०।३ प्रतिशत र ३२।५ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५।८ प्रतिशत, १०८।६ प्रतिशत र २९।३ प्रतिशत रहेका थिए ।