आगामी २९ गते रिलिजमा आउने फिल्म आउटलः दफा २१९ को ओएसटी सार्वजनिक गरिएको छ। अन्धो कानुन बोलको गीतमा नेता र सरकारमाथि आक्रोश पोखिएको छ।
गीतमा एउटै व्यक्ति बारम्बार सरकारमा गएको, जनतामाथि अन्याय गरेको, बलात्कारीलाई संरक्षण गरेको लगायतका शब्द बुनिएको छ। मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ।
गीतमा नितु पुनको पनि स्वर छ। गीतको भिडियोमा दीर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ। राजेश कुटुको कोरियोग्राफी रहेको गीत नवीन गुरुङले छायांकन गरेका छन्।
सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारलगायतले अभिनय गरेको फिल्म विक्की महर्जनको लेखन र निर्देशनमा बनेको छ।
अमित अग्रहरी र निशा गुइडेद्वारा निर्मित फिल्ममा विक्की महर्जन र दीर्घ धामीको पटकथा, चुल्ठे काजीको एक्सन र साहिल खानको सम्पादन रहेको छ।
प्रतिक्रिया