धमाला प्रशिक्षणपछि फिल्ममा


बलिउडको ब्लकबष्टर फिल्म एनिमल तथा नेपाली फिल्म सरौतोमा अभिनय गरिसकेका बेलायतवासी अभिनेता टंक धमाला बेलायत र आयरल्याण्डका हलमा चलिरहेको आप्mनो ब्रिटिस फिल्म कामाका कारण चर्चामा छन्।

ब्रिटिस विज्ञापन तथा फिल्म डेन्जरस गेममा समेत अभिनय गरिसकेका धमाला यो फिल्ममा मुख्य भूमिकामा छन्। हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रिन सेयर गरेका धमाला यसमा आर्मीको भूमिकामा छन्। ‘

यो फिल्ममा मैले आर्मीको भूमिकाका लागि शारीरिक रूपमा फिट गर्नेदेखि प्राविधिक पक्षलाई पनि ध्यान दिएर तयारी गरेको थिए“। आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आप्mनो पात्रलाई तयार गरेको थिए’ ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण समेत लिएका धमाला भन्छन्

‘फिल्मसम्बन्धी अध्ययन गरेका कारण पनि कलाकारितालाई निरन्तरता दिइरहेको छु। ब्रिटिस फिल्ममा अनुबन्धित भएकै कारण केही राम्रा अफर पनि स्वीकार गर्न सकिन।’ ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियटस“ग आबद्ध भएर काम गरिरहेका अभिनेता धमालाले अब भने केही नया“ प्रोजेक्टको तयारी गरिरहेको बताए।

पेसाले चार्टर एकाउन्टेन्ट रहे पनि फिल्मसम्बन्धी अध्ययन गरेर मोडलिङ शुरू गरेका उनले इटलीमा सम्पन्न मिलान इन्टरनेसनल फिल्म फेस्टिभलमा भएको कामाको प्रदर्शनीमा सर्वाेत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। यस्तै, म्याड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०२४ मा सर्वाेत्कृष्ट अभिनेतासहित अन्य अवार्ड जितेको कामाले बेलायत र आयरल्याण्डका हलमा समेत राम्रो प्रतिक्रिया पाईरहेको छ।