काठमाडौँ।
मध्य पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १९ (उन्नाइस) जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज (आइतबार )देखि मध्य पश्चिम पृतना हे. क्वा, बुटवलमा सुरु भएको छ ।

कार्यक्रमको थालनी गर्दै मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेम बहादुर पुनले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
चार दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ।











प्रतिक्रिया