काठमाडौं ।
इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिक टेकले अन्तर्राष्ट्रिय नारी दिवस (२०२५ को अवसरमा उद्यमी महिलाहरुको लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ।
यस प्याकेजमा ६० एमबीपीएस वार्षिक १७ हजार ९५० रुपियाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा ८ हजार ९७५ रुपियाँ, १२० एमबीपीएस वार्षिक ३४ हजार २२२ रुपियाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट १७ हजार १११ रुपियाँ र २०० एमबीपीएसको वार्षिक ४६ हजार १९५ रुपियाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा २३ हजार ९७ रुपियाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यस अफर प्राप्त गर्नको लागि कम्पनि महिलाको नाममा दर्ता भएको हुनुपर्ने छ। उद्यमी प्याकेजमा पब्लिक आईपी, ५गिहर्ज डुवल ब्याड राउटर र अनलिमिटेड एफ यु पी पनि समाबेश छ। यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् । यो अफर मार्च १५ तारिखसम्म मान्य हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया