वरिष्ठ बलरामको छायांकन शुरू


टाइटल टिजर सार्वजनिक गर्दै आगामी तिहारको लक्ष्मीपूजाका दिन कात्तिक ३ गतेका लागि रिलिज डेट तोकिएको फिल्म वरिष्ठ बलरामको शुभ मुहूर्त गरिएको छ।


बुधबार बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन शुरू गरिएको हो। फिल्म सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्ने फिल्म्मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईक, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन्।


वृषभ सिद्धि इन्टरटेनमेन्ट र आन्भी फिल्म्स्को ब्यानरमा आशिष एच तामाङ र श्रीराज कार्कीको लगानीमा निर्माणाधीन सामाजिक कथावस्तुमा आधारित फिल्ममा निर्देशक पौडेलकै कथा र सम्पादन, महेश दवाडीको लेखन, प्रशान्त शिवाकोटीको संगीत, प्रदीप लामाको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मानकृष्ण महर्जनको डिओपी रहनेछ। फिल्म चितवन र हेटाैँडाका विभिन्न स्थानमा छायांकन गरिनेछ।