अभिनेत्री मल्ललाई मातृशोक


अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ। उनकी ८८ वर्षीया आमा हेमकुमारीको उपचारको क्रममा बिहीबार दिउँसो पौने ३ बजे राजधानीको बा“सबारीस्थित गंगालाल अस्पतालमा निधन भएको हो।

लामो सयमदेखि मुटुसहित विभिन्न स्वास्थ्य समस्याका साथ जुध्दै आएकी उनलाई करिब २५ दिन अस्पतालमा राखिएको उनकी कान्छी छोरी लक्ष्मी मल्लले बताइन्। मुटुको बाईपास सर्जरी गराएकी उनी पछिल्लो पटक अस्पतालमा उपचाररत रहँदा दुई पटक भेन्टिलटरमा राखिएको लक्ष्मीले जानकारी गराइन्।

उनको पार्थिव शरीरलाई बिहीबार सा“झ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। स्व. हेम कुमारीको दुई सन्तान गौरी मल्ल र सञ्चारकर्मी लक्ष्मी मल्ल रहेका छन्। उनको पतिको केही वर्षअघि नै निधन भइसकेको छ।