केन्द्रीय पदाधिकारीको संख्या नौ जनामा झार्ने एमालेको निर्णय


काठमाडौँ । 

नेकपा एमालेले जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको सङ्ख्या घटाएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

यससँगै एमालेले जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको सङ्ख्या घटाएर ९ जनाको बनाएको छ । यसअघि एमालेका जनवर्गीय संगठनहरूमा १७ सदस्यीय केन्द्रीय पदाधिकारी रहने व्यवस्था थियो ।

एमालेले अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरूलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने गरी निर्णय गरेको छ ।

 त्यस्तै बैठकले स्थानीय तहका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षको कार्यशाला आगामी चैतमहिना भित्र सम्पन्न गर्ने  निर्णय गरेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।