पक्राउ परेका रास्वपाका केन्द्रीय सदस्य थापामाथि अनुसन्धान शुरु


काठमाडौँ। 

 विवादास्पद छवि बनाएर केहीले नेपाल कहिले अमेरिका डुल्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य मोहन थापालाई अमेरिकन अध्यागमनले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निकट पात्र रहेका थापाले नेपालमा घृणाको राजनीति फैलाउँदै आएका थिए । कहिले हुन्डी कहिले मानव तस्करीमा संलग्न रहँदै आएका थापा यस अघि पनि पक्राउ परी कारबाही भोगेका व्यक्ति हुन । 

अमेरिकी कानुन पालना नगरेको भन्दै अमेरिकाको पेन्सिलभेनिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । त्यहाँको अध्यागमन विभागले थापाले अमेरिकी कानुनको गम्भीर उल्लङ्घन गरेको बताएको छ । थापालाई अध्यागमनले नेपाल फिर्ता गर्न सक्ने आंकलन गरिएको छ । 

यस अघि अमेरिकी नागरिक बनेका थापा मानव तस्करीमा संलग्न र सवारी नियम उल्लङ्घन गरेको कसुरमा जेल परेका थिए । उनले अमेरिकी कानुन उल्लङ्घन गरेको अभियोगमा अमेरिकी सरकारले थापाको नागरिकता खोसेर ग्रिनकार्डमा झारेको थियो । 

रवि लामिछानेलाई हिरासतमुक्त गर्ने कार्यमा ठूलै कसरत गरेर केही दिन अघि कतार हुँदै अमेरिका फर्किने क्रममा पक्राउ परेका थापा गम्भीर अभियोगमा अमेरिकी इमिग्रेसन तथा कष्टम इन्फोर्समेन्ट (आइस)को हिरासतमा रहेका छन् । 

आइसले गहिरो अनुसन्धान गरिरहेकोले उनलाई देश निकाला सम्मको सजाय हुन सक्ने कानुन व्यवसायीको भनाई रहेको छ ।