लिखुपिके गाउँपालिकाको कार्यालय आगलागी


काठमाडौँ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ। भाडाको घरमा रहेको उक्त कार्यालयमा दिउँसो एक बजे आगलागी भएको हो।

विद्युत सर्ट भएर आगो सल्किएको र आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डरसमेत विस्फोट भएको गाउँपालिकाकी अध्यक्ष मिना कार्कीले जानकारी दिइन्।

उनका अनुसार गाउँपालिकाको उक्त कार्यालयमा प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालय थिए।