जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ


स्याङ्जा ।

वालिङ नगरपालिका-६ मिर्दी बस्ने ६८ वर्षीय तेज बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय ३५ रूपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।