अभिनेता चेतबहादुर सिंहको अल्पायुमै निधन


अभिनेता तथा निर्माता चेतबहादुर सिंह (राजा) को शुक्रबार राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा अल्पायुमै निधन भएको छ।


नेपाल चलचित्र कलाकार संघको पूर्व सचिव र महासचिव, नेपाल टेलिचलचित्रकर्मी संघका पूर्व उपाध्यक्षसमेत रहेका कलाकार सिंह पछिल्लो केही समयदेखि अस्वस्थ थिए।

उनी कलेजो रोगबाट पीडित थिए। सहिद, देव्यानी, दलाल, सुनपानी, छक्का पञ्जा २ जस्ता फिल्मका विभिन्न भूमिकामा अभिनय गरेका सिंहले तितो सत्य, मेरी बास्सैलगायतका दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए। उनले सुनपानी नामक फिल्म पनि निर्माण गरेका थिए।


सिंहको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। ५४ वर्षीय सिंहेको परिवारमा श्रीमती, १ छोरा र १ छोरी रहेका छन्।