निराशा हटाउन ठक्कर


आगामी बैशाख १२ गते रिलिज हुने फिल्म भूठानका निर्माता अविरल थापाले युट्युब च्यानल अवेकन प्रोडक्सनबाट ठक्कर बोलको गीत सार्वजनिक गरेका छन्।


गायक विनोद बानियाँको स्वर र संगीत रहेको गीतको भिडियोमा नेपाली अभिनेता राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिनालगायतका कलाकारले अभिनय गरेका छन्। भिडियो अभिनेता कोइराला एक्टर ः टेक वन फिल्मको प्रदर्शनताका नेपाल आएको मौका पारेर छायांकन गरिएको थियो। भिडियो सानो संसार फिल्मका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन्।


समाजमा बढ्दै गएको चरम निराशा, अवसाद, विग्रह, हत्या र आत्महत्यालाई निरुत्साहन गर्नका लागि गीत संगीतको माध्यमबाट आशा र हिम्मतको सञ्चार गराउन गीत तयार पारिएको थापाले बताए।