फिल्म सम्पादक सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने फिल्म वरिष्ठ बलरामले निर्माणअघि नै रिलिज डेट घोषणा गरेको छ।
निर्माण पक्षले फिल्मको टाइटल टिजर सार्वजनिक गर्दैै रिलिज डेट घोषणा गरेको हो।
निर्देशक पौडेलका अनुसार फिल्म तिहारको लक्ष्मी पूजाका दिन आगामी कात्तिक ३ गते रिलिज गरिनेछ। दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गर्ने फिल्म कुशल फिल्म सम्पादक पौडेलको चौथो निर्देशकीय फिल्म हुनेछ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको ब्यानरमा आशिष एच तामाङ र श्रीराज कार्कीले निर्माण गर्ने फिल्ममा निर्देशक पौडेलकै कथा र सम्पादन र महेश दवाडीको पटकथा, प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको कोरियोग्राफी र मानकृष्ण महर्जनको डिओपी रहनेछ।
एक सातापश्चात् छायांकन गर्ने तयारीमा रहेको सामाजिक कथावस्तुमा आधारित फिल्मको सुटिङ तराईका विभिन्न स्थानमा गरिनेछ।











प्रतिक्रिया