काठमाडौं।
नेपमेलो म्युजिकले नयाँ अवधारणासहित शुरू गरेको शो सिंगर्स अन माइकअन्तर्गत लोकप्रिय गायक रामचन्द्र काफ्लेको गीत ओइ मेरी कान्छी सार्वजनिक गरेको छ।
गीतमा गायक काफ्लेलाई गायिका मनीषा सुनारले पनि साथ दिएकी छिन्। गीतमा शब्द तथा संगीत गायक तथा संगीतकार सुमन ताम्राकारको रहेको छ। संगीतलाई प्रविधिसँग जोड्ने क्रममा तयार पारिएको सिंगर्स अन माइक रियालिटी सो मोडेलमा निर्माण गरिए पनि रियालिटी सो भने होइन।
शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेले प्रस्तुति दिएकी थिइन्। शोका लागि एक वर्षको अवधिमा २४ गीत तयार पारिएका छन्, जसमा गायक–गायिकाहरू स्वयम् स्टेजमा प्रत्यक्ष रूपमा देखिनेछन्।
अहिले अधिकांश गीत हिट भए पनि यथार्थमा कसले गाएको हो भन्ने दर्शक–श्रोताले थाहा पाउने मौका नपाउने समस्या समाधान गर्दै सिंगर्स अन माइकले वास्तविक गायक गायिकालाई नै स्टेजमा उतार्दै आएको छ।











प्रतिक्रिया