आगामी २९ गते रिलिज हुने फिल्म आउटलः दफा २१९ को एक्सनले भरिभराउ ट्रेलर सार्वजनिक गरिएको छ।
विक्की महर्जनको लेखन र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा यसका नायक सुशील श्रेष्ठको भरपूर एक्सन प्रस्तुत गरिएको छ। ३ मिनेट १५ सेकेन्ड लामो ट्रेलरमा सुशील श्रेष्ठलाई प्रमुख स्थान दिइएको छ भने अन्य कलाकारलाई पनि प्रस्तुत गरिएको छ। ट्रेलमा प्रस्तुत ‘यहाँ ब्वाँसोहरू झुण्डमा हिँडेर आफूलाई बाघ ठान्छन्।
तर, ब्वाँसालाई के थाहा बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ’, ‘हिजोसम्म स्यालको सरकार देखेकी थिइस्, आज बाघको सरकार देखिस्’ जस्ता घतलाग्दा र चाखलाग्दा संवादले फिल्मप्रतिको चासो बढाएको छ।
सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की, अयान परियारलगायतले अभिनय गरेको फिल्म अमित अग्रहरि र निशा गुइडेले निर्माण गरेका हुन्।
विकास चौधरी सह–निर्माता, विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, चुल्ठे काजीको एक्सन निर्देशन, नवीन गुरुङको डीओपी र साहिल खानको सम्पादन रहेको छ।











प्रतिक्रिया