प्रभु क्यापिटल लिमिटेड र  बिजबेल लिमिटेडबीच ‘रोड टु आईपीओ’ सम्झौता  


काठमाडौँ। 

नेपालको एक अग्रणी मर्चेन्ट बैंक प्रभु क्यापिटल लिमिटेड र  बिजबेल लिमिटेडबीच आईपीओ निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ।  बिजबेल लिमिटेड एक स्वतन्त्र ऊर्जा उत्पादक तथा  रणनीतिक लगानी कम्पनी हो। 

 सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आसिस गौचन र बिजबेल लि.का संस्थापक सुशील पोखरेलले हस्ताक्षर गरे। सो अवसरमा हाइड्रो एम्पायर प्रा. लि.का अध्यक्ष काजी लामा र प्रभु क्यापिटल लि.का प्रमुख लगानी अधिकृत  दुर्गा नन्द झाकोसमेत  उपस्थिति थियो। 

यस सम्झौता अन्तर्गत, प्रभु क्यापिटलले बिजबेल लि.लाई पूर्व-आईपीओ र आईपीओ-सम्बन्धित सेवाहरू सहित विस्तृत सल्लाहकार सेवाहरू प्रदान गर्नेछ। यी सेवाहरूले पूँजी संरचना र मूल्य निर्धारण योजना, पूर्व-आईपीओ इक्विटी उठाउने, बजारयोग्यता, आईपीओ तयारी र जारी व्यवस्थापन जस्ता महत्वपूर्ण क्षेत्रहरूलाई समेट्नेछन्। 

२०१४ मा स्थापित बिजबेल लिमिटेड, स्वच्छ ऊर्जा क्षेत्रमा एक गतिशील कम्पनी हो।  जसले  १००० मेगावाट बराबरका नवीकरणीय ऊर्जा परियोजनाहरूमा कम गरिरहेको छ।