राजधानीमा ३ दिने १३औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०२५ हालै सम्पन्न भएको छ।
नेपालसहित १७ देशका ४९ फिल्म सहभागी महोत्सवमा ३१ विधामा पुरस्कार प्रदान गरिएको छ। महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा दक्षिण अफ्रिकाबाट गुड मोदरले सर्वोत्कृष्ट अफ्रिकन फिल्म, क्यामरुनको वृत्तचित्र जायदले अफ्रिकन वृत्तचित्र, भारतबाट देवेन्द्र जादव निर्देशित वृत्तचित्र लोनी ट्युन्सले अन्तर्राष्ट्रिय वृत्तचित्र, बंगलादेशको फिल्म सौदाले अन्तर्राष्ट्रिय फिल्म, बेलायतको जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन्सले अन्तर्राष्ट्रिय लघु फिल्मको स्पेसल मेनसन अवार्ड र अर्जेन्टिनाको द टेम्पल अफ इटर्नल साउन्डले अन्तर्राष्ट्रिय जुरी अवार्ड पायो।
महोत्सवमा नेपालबाट सहभागी ३० फिल्ममध्ये छक्का पन्जा ५ ले राष्ट्रिय फिल्म, दिपाश्री निरौलाले जुरी अवार्ड र केदारप्रसाद घिमिरेले सहअभिनेता, तेल भिसाबाट शंकर घिमिरेले निर्देशक, विपिन कार्कीले अभिनेता र ऋचा घिमिरेले सहअभिनेत्री, द्रौपदीबाट ऋषिराज आचार्यले स्पेसल मेनसन अवार्ड, अश्विनी शाहीले जुरी अवार्ड, ऐचो पैँचोबाट वर्षा राउतले नायिका, कृषा चौलागाईंले नव निर्देशक, संकल्पबाट अनुष्का बुढाथोकीले नव अभिनेत्री र लन्डन टु पेरिसको खुला आकाश गीतबाट हर्कुलेस बस्नेतले संगीतकारको अवार्ड पाए।
राष्ट्रिय विधातर्पm द ट्री म्यानबाट सन्तोष सुवेदीले लघु फिल्म, नो स्मोकिङ प्लिजबाट कृपा प्याकुरेलले अभिनय र भूपेन्द्रकुमार खड्काले स्पेसल मेन्सन अवार्ड, तिमि आँसु रहेछौबाट सोनम पाख्रिनले म्युजिकल लघु फिल्म र निर्देशक, भुल्नै गारो भोबाट सनम कठायतले सांगीतिक फिल्म अभिनेता, पवित्रा शाकी (मिस पबी) ले अभिनेत्री, संगै जुनी काटम्लाबाट हेमन्त शिशिरले सांगीतिक फिल्म गायक र थिंक अबाउट युबाट रविता मगरले सांगीतिक लघु फिल्म डान्स कोरियोग्राफर, डिजाईन्ड टु डिसापेयरबाट शिव पुरीले वृत्तचित्र, निर्देशक र सम्पादक, फिल्म के २ ले आदिबासी फिल्म र द स्कुल वालबाट मोहन अभिलाषीले लघु विद्यार्थी फिल्मको अवार्ड पाए।
कार्यक्रममा विष्णु प्रसाद सुवेदीलाई फिल्म पत्रकार पुरस्कार प्रदान गरिएको थियो।











प्रतिक्रिया