भूठानमा हरिवंशको नयाँ अवतार


अभिनय गरेका पात्रहरू दाजुभाइ रहेको र बाबुको लाश गाड्ने कि जलाउने भनेर वादविवाद गरिरहेका भेटिन्छन्। अर्को एक दृश्यमा समलैङ्गिक सम्बन्ध राखेको थाहा पाएर आप्mनी छोरीलाई हकार्दै गरेकी आमा पात्रको भूमिकामा ऋचा घिमिरे देखिएकी छिन्।

हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलोपटक नेपाली निर्देशकले बनाएको यो फिल्ममा देखिएका छन्। टिजरको अन्त्यमा महामृत्युञ्जय मन्त्र पढ्दै गरेको धमिलो नग्न शरीर र तेरो पुनर्जन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाइएको छ। जसले फिल्मको कथावस्तु अत्यन्त गम्भीर रहेको र हरिवंश आचार्यले अभूतपूर्व अभिनय तथा भूमिका निर्वाह गरेको प्रस्ट्याउँछ।

अंग्रेजीमा द वल्र्डस् ह्याप्पिएस्ट म्यान नामाकरण गरिएको फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्यका साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा आर लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीले अभिनय गरेका छन् भने हलिउड अभिनेता बु्रस डर्नले विशेष भूमिकामा अभिनय गरेका छन्।

हलिउडको साग अप्mट्राअन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो। जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन्। सन् २०१९ मा ९२औं अस्कर अवार्डको लागि नेपालबाट मनोनित फिल्म बुलबुलको निर्देशनका लागि सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय फिल्म पुरस्कार विजता विनोद पौडेलको दोस्रो निर्देशकीय यो फिल्म अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सुशांक मैनाली र किर्तना बास्कोटाले निर्माण गरेका हुन्।

फिल्ममा सम्बरन प्रेथु राईको संगीत, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन, सुसन प्रजापतिको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ।
भुटानदेखि नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नु पर्दाको पीडा पोखिएको यो फिल्म आगामी वैशाख १२ गते विश्वव्यापीरूपमा रिलिज हुँदैछ।