काठमाडौँ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसान मन्त्रालयले किसानकै पक्षमा काम गरि रहेको वताएका छन् । युवा किसान सञ्जालले आज काठमाडौँमा आयोजना गरेको किसान सम्मान एंव अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयको नेतृत्व समालेको आठ महिनाको अवधिमा भएका कार्य र निर्णयहरु समग्र कृषि र किसानको पक्षमा भएको बताए , अझै थुप्रै कामहरु गर्न वाँकी छ जसको सकारात्मक प्रतिफल देखिँदै जाने छ मन्त्री अधिकारीले, भने।
कृषि ऐन चाडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको छ, कृषि मार्फत हामीले चाहेको संवृद्धि नयाँ ऐन मार्फत प्राप्त हुन सक्ने गरी तयार हुदैछ मन्त्री अधिकारीले भने, ऐन चाडै मन्त्रीपरिषद हुदै संसदमा पुग्दैछ । कृषि मार्फत गरिबी घटाउदैै कम्तीमा आफ्नै हैसियतमा वाच्न सक्ने अवस्थामा पुरयाउने लक्ष्य ऐनले वोकेको मन्त्री अधिकारीले बताए । किसानलाई परिचय पत्र वितरणको कार्य यसै वष देखि सुरु गर्देछौ , प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी छ उनले ,भने। मन्त्री अधिकारीले कृषि मन्त्रालय मार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाहरुको नाम सार्वजनिक गरिएको उल्लेख गर्देे कृषि र किसानको नाममा १ खर्व ७ अर्व रुपैया वितरण भएको रहेछ ,यसको उपलब्धि खोज्ने काम भएको छ ,भने ।
मन्त्री अधिकारीले सिंहदरबार चारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदा सम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । किसानले समयमा मल र बीउ नपाउने मन्त्रालय के गरी वसेको छ भन्ने प्रश्न उठ्ने गरेको भन्दै मन्त्री अधिकारीले ठुलो रकम रासायनिक मलमा अनुदान गएको र यसको सहज वितरणमा प्रदेश र स्थानीय तहको पनि महत्त्वपूर्ण भूमिका हुने बताए ।











प्रतिक्रिया