नवलपरासी
पश्चिम नवलपरासीकाे पाल्हिनन्दनमा मङ्गलवार प्रेम सम्बन्धकाे विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १ जनाकाे मृत्यु भएको छ भने प्रहरीसहित २० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ३५ वर्षीय युवक बिजय धवल रहेकाे प्रहरीले जनाएको छ । धवलकाे रूपन्देही जिल्लाकाे सिद्धारनगर स्थित भैरहवा सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपमा परि सर्वसाधारण तर्फ ४ र सुरक्षाकर्मी तर्फ १६ प्रहरी घाइते भएको जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारी नारायण थापाले बताए । अन्य घाइते सामान्य उपचार पछि घर फर्किएको बताइएको छ ।
झडपका क्रममा उत्तेजित समूहले ना १ झ ७४४८ नम्वरकाे प्रहरीकाे गाडी र एक कबाड गाेदाम पनि जलाई दिएका थिए । झडप नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियाे । घटनाका क्रममा प्रहरीले ६ जनलाई नियन्त्रणमा लिएकाे सूचना अधिकार थापाले बताए ।
उनका अनुसार अघिल्लै दिन केटा पक्षका एक आफन्तलाई केटी पक्षबाट कुटपिट भएपछि विवाद सुरु भएको थियो ।
त्यस पछि मङ्गलवार बिहान पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा २ पक्ष बीच विवाद मिलाउन भएको छलफल प्रयास बीच झडप हुनगई साे घटना भएको स्थानीयले बताए ।











प्रतिक्रिया