भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु नेपाल आइपुगे


काठमाडौँ।

नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरु मंगलबार काठमाडौँ आइपुगेका छन्। महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल (डा.) विजय कुमार सिंह (अ.प्रा.), जनरल दलवीर सिंह सुहाग (अ.प्रा.), जनरल (डा.) मनोज मुकुन्द नरवणे (अ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.)नेपाली सेनाको निमन्त्रणामा काठमाडौँ आइपुगेका हुन् ।

उनीहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।