काठमाडौँ।
सेना दिवस तथा महाशिवरात्रीको अवसरमा काठमाडौँमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन भारतीय स्थल सेनाका ६ जना पूर्व प्रमुखहरु मंगलबार काठमाडौँ आइपुग्ने भएका छन् ।
सैनिक मन्च टुँडिखेल तथा सैनिक मुख्यालय भद्रकालीमा हुने कार्यक्रममा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी समेत भएका भारतीय सेनाका पूर्व प्रमुखहरु नेपाल आउन लागेको सैनिक मुख्यालयले जानकारी दिएको छ ।
बुधबार हुने मुख्य औपचारिक कार्यक्रममा सहभागी हुन उनीहरू भोलि काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए ।
मुख्यालय स्रोतका अनुसार ४ जना आउने कन्र्फम भएको र २ जनाले आउने भनेको अहिले सम्म कन्र्फम गरेका छैनन् । सायद उनीहरु पनि आउने छन् ।
सैनिक मुख्यालयमा हुने नेपाल भारत पूर्व प्रधानसेनापती कन्क्लेभमा समेत उनीहरु सहभागी हुने भएका छन् । उक्त कन्क्लेभमा दुईदेश बीच रही आएको सम्बन्धलाई अझै नागरिक स्तरमा पु¥याउन गर्नुपर्ने कामहरुको बारेमा समेत छलफल हुने बताइएको छ ।
नेपाल बसाइको क्रममा उनीहरु विभिन्न क्षेत्रको भ्रमण गर्ने कार्यतालिका रहेको छ । उनीहरुलाई नेपाली सेनाले कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको हो । नेपाल र भारतबीच नयाँ प्रधान सेनापतिमा नियुक्त भएपछि एक अर्का देशको भ्रमण गरी त्यहाँको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिने परम्परा रहेको छ ।











प्रतिक्रिया