बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक निर्धारित समयभन्दा करिब साढे २ घण्टा ढिलोगरी सुरु भएको हो ।

प्रधानमन्त्रीको सचिवालयले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी गराएको थियो ।