ख्यातिप्राप्त हास्यव्यङ्ग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले आफूहरूबारे फैलिएको खवरबारे सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेका छन्।
मह जोडीले आफूहरूले युएसएडसँग पैसा लिएर धर्म विरोधी कार्यको प्रचार गरेको भन्ने कुरा नजिककै सहकर्मीमार्फत अँएको सुनेर चित्त दुखेको र त्यसमा कुनै पनि सत्यता नरहेको भिडियो सन्देशमार्पmत बताएका छन्। ‘मह जोडीले युएसएडको पैसा लिएर धर्मविरोधी प्रचार ग¥र्यो भनेर अनर्गल प्रचार हुँदा हामीलाई निकै चित्त दुखेको छ।
हामी सबैलाई आफ्नो सम्झन्छौँ, आफ्नो हितैषी सम्झन्छौँ। आफ्नो हितैषीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा एकदम चित्त दुखेको छ। संसारमा राम्रा कुरा पनि छन् नराम्रा कुरा पनि छन्। हामी राम्रा राम्रा कुरामात्र छानेर काम गर्दैै आइरहेका छौँ। कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू, जुन कुरा कुनै अधर्म कुरा होइन। यँहाहरूले हाम्रा टेलिफिल्महरू पूरा हेरेर जाँच्नु भए हुन्छ कुनै पनि नचाहिने कुरा बोलेका छैनौँ’ भिडियोमा मदनकृष्णले भनेका छन्।
त्यस्तै हरिवशंले हाल आफूहरू दुई फिल्मको सुटिङमा व्यस्त रहेको र धर्म विरोधी गतिविधिको अनर्गल प्रचार आउनुअघि आफूहरूले मन्दिरमा गएर पूजाआजा गरेर फिल्मको शुभारम्भ गरेको बताए। ‘जहाँसम्म युएसएडको कुरा छ, हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रम गरेका छौँ।
त्यो हामीले युट्युबमा किताब जस्तै छर्लङ्ग हुनेगरि राखेका छौँ। त्यो तपाईहरूले हेर्नु भए हुन्छ। त्यहाँ सनातन हिन्दुधर्म र अरू कुनै पनि धर्मको विरोध गरेका छैनौँ र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ। यो अनर्गल प्रचार हो। हामीले २०५२ सालमा पञ्चायत शासनको श्राद्ध भन्ने कार्यक्रम गरेका थियौँ। त्यसमा एउटा पण्डितको पात्रको प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छौँ’ हरिवंशले भनेका छन् ‘पण्डित भन्दैमा भगवान हुँदैनन्।
म पनि पण्डितकै छोरा हुँ। व्यङ्ग्य भनेको नेतालाई पनि गर्न पाइन्छ, पण्डितलाई पनि गर्न पाइन्छ। डक्टर, वकिल सबैलाइ गर्न पँइन्छ। त्यहीअन्र्तगत त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध ग¥र्यो भन्ने कुरा कपोकल्पित कुरा हो। हामी हाम्रो काममा निरन्तर लागि नै रहन्छौँ र पछाडीबाट यस्ता किसिमका कुरा आएर हामी हतोत्साहित हुँदैनौं। नेपाली जनतालाई यही अनुरोध गर्न चाहन्छौँ कि यी सबै भ्रामक कुराको विश्वास नगरिदिनु होला।’











प्रतिक्रिया