गंगासागर, पश्मिबंगाल भारत
धार्मिक मान्यता अनुसार एक भनाई छ “हरेक तीर्थ बारबार गंगासागर एकवार” । अर्थात् हिन्दु धर्मालम्वीहरुले जीवभर एकवार गंगासागरमा डुुबुुल्की लाउनै पर्ने धार्मिक मान्यता छ । धार्मिक एवं पौराणिक मान्यता अनुसार हिन्दुहरुको महान तिर्थकारुपमा सुपरिचित गंगासागर विश्वप्रशिद्ध छ । बंगालको खाडीमा अवस्थित ३३० बर्ग किलोमिटर क्षेत्रफल रहेको यस सागरलाई (सागर द्वीप वा गंगा–सागर–संगम पनि भन्ने गरिन्छ ।) गंगासागर भारतको पश्चिमबंगाल प्रान्तको सुन्दरवन जिल्लामा अवस्थित छ । गंगासागरको आसपास १४३ गाउँ छन् । जसलाई आईसल्याड अर्थात् टापुको वस्ति पनि भनिन्छ । गंगासागर स्नान गर्न कोलकताबाट १५० किलोमिटर पश्चिम जानुपर्छ ।डायमंड हार्बर स्टेसनबाट ३५ किलो मिटर पानीजहाज बाट र ४५ किलोमिटर फेरी वसको यात्रा पश्चात् गंगासागर क्षेत्रमा पुगिन्छ ।

श्रद्धालुहरु गंगासागरमा किन डुबुल्की लाउँछन् !
पौराणिक मान्यता अनुसार गंगा सागर नदीलाई सबै भन्दा पवित्र नदीकारुपमा चिनिन्छ । सागरसंगम नदीमा एकपटक स्नानसहित डुबुल्की लगाएपछि १० अश्वमेध यज्ञ गरे सोसरह मानिन्छ । एक हजार गाई दान गरे समान फल मिल्छ भन्ने धार्मिक मान्यता रही आएको छ । स्थानीयका अनुसार जहाँ गंगा–सागर मेला लाग्छ त्यसको नजिक उत्तर वामनखल स्थानमा एक प्राचीन मन्दिर छ । यो मन्दिर चार वर्षमा एक पटक देखिन्छ , तिनवर्षसम्म सागर भित्र लुकेर बसेको हुन्छ भने चौथो वर्ष मन्दिर देखिने र सोही वर्ष कुम्भमेला लाग्ने गरेको स्थानीको भनाई छ । जो कपिल मुनिको प्राचीन आश्रम स्थल रहेको बताइन्छ ।
मकर सङ्क्रान्तिमा लाग्ने मेलामा गंगा सागरमा स्नान गर्नुको पौराणिक महत्त्व छ । पौराणिक कथा अनुसार, जब माता गंगा भगवान शिवजीको जटाबाट निक्लिएर पृथ्वीमा पुगिन त्यसपछि भगीरथको पछि–पछि गएर कपिल मुनिको आश्रममा गई सागरमा मिले । माँ गंगाको पावन जलले राजा सागरका साठी हजार शापग्रस्त पुत्रको उद्धार भयो। उक्त घटनाको सम्झनामा तीर्थ गंगा सागरको नामले प्रसिद्ध भएको हो ।

श्रद्धालुले गंगास्नान् गरी शुद्ध आत्मासहित कपिल मुनिको मन्दिरमा पूजा अर्चना गर्छन् । पुराणका अनुसार कपिल मुनिको श्रापका कारण राजा सगरका ६० हजार पुत्रहरुको यसै स्थानमा तत्काल मृत्यु भएको उल्लेख छ । मृतक पुत्रहरुको मोक्षका लागि सागर वंशका राजाले भगीरथ गंगालाई पृथ्वीमा ल्याएको किंवदन्ती छ । उक्त गंगा यही सागरमा मिलेको पौराणिक कथामा उल्लेख छ। त्यसैले मोक्ष प्राप्तीको लागि गंगासागर नुहाए पश्चात् कपिलदेव मुनिको दर्सन गर्नाले पापहरण हुने मागेको फल प्राप्तीहुने जनविश्वास रहेको छ।
पश्चिमबंगालका स्थानीय वासिन्दा महबुुबअली बंगालीका अनुसार कुम्भ मेला मकरसंक्रान्तिदेखि पाँच दिन सम्म चलेको थियो । करिव २० विघाह खाली जमिनमा असी हजार बढी धर्मशाला सजाइएका थिए । लाखैंको संख्यामा होटेल पसलको सजावटले गंगासागर परिसर झकिझकाउँ थियो । पश्चिम वंगालसरकारको शुद्ध वातारणमैत्री कुम्भमेला भव्य र सभ्यरुपमा सञ्चालन भएको थियो । भारत सरकारको प्रभावकारी एवं कुशल ब्यबस्थापनका खातिर लाखैं तिर्थालु भक्तजनले अत्यन्त रमणीय वातारणमा गंथगासागर स्नान गर्न पाएका थियौं । अझ अच्चम त के थियो भने जति होटेल पसल लगायतका भौतिक सामग्रीका इन्स्टल थिए, सबै स्वदेशी उत्पादन थिए । स्थानीय उत्पादित बस्तलाई मात्र इन्सटल गर्नपाउने पश्चिमबंगाल राज्यले थिति वसाएकोले पैंशा वाहिरको उत्पादन स्थानीयको देखिन्थ्यो ।
स्वच्छ वातावरणीय शुद्धताका साथ गंगासागर कुम्भमेला यनकि गंगासागर स्नानका क्रममा कोही कसैलाई पनि असहज भएन लाखौं यात्रुलाई आवगमन तथा वासस्थान र शान्तिशुरक्षा अब्बल थियो तिर्थालु महारुद जोशीले भने । वातावरणीय शुद्धता कायम राख्न प्रदुषण रहित कुम्भ मेला सम्पन्न गर्न मानव सेवामा समपिर्त भारत सरकारका उच्च पदस्थ अधिकारी देखि हरेक अंग परिचालनले गंगासागर अत्यन्तै शोभायमान छ, आमबुवा र आठ वर्षिया छोरी पृयंकासंगै गंगासागरमा डुबुल्की लगाउन पाएको सौभाग्य बताउँछन् जाल्पादेवी माविका प्रअ एवं तिर्थालु बेदप्रकाश जोशी ।

कुम्भ मेला ब्यबस्थापनका लागि भारतीय आमसञ्ञ्चार माध्यामले देखाएको स्वउत्तरदायी भाव अनुकरणीय नै थियो । बाटोमा हिड्दा, लाम लाग्दा, खानपिन गर्दा,वासवस्दा,स्नान गर्दा र दुःखी बिरामी परेकालाई नि:शुल्क उपचार आवास तथा आवागमनको उच्च प्रबन्ध थियो ।जहाँ जे समस्या आईपर्यो त्यानेर प्रहरी टुप्लुक्क आइपुग्थे । लोक कल्याणकारी राज्यको अनुभूति साथ भारत सरकारले कुशल अभिभावकत्व देखाएको अनुभव गर्न पाइयो ।
मेला सफल पार्न आमसञ्चार माध्यामको अहम् भुमिका देखिन्छ । हर क्षेणमा गंगासागरको महिमा, तिर्थालुजनको सहज यात्राका लागि देखाइएको सामाजिक उत्तरदायीभावका साथ प्रसारित सामाग्रीका कारण यात्रुलाई अत्यन्त सहज भएको थियो ।अझ रेडियोको माध्यामबाट आम नागरिकलाई सञ्चारको पहुँच पुु¥याउन चोकचोकमा राखिएका रेडियो स्टेसनबाट प्रत्यक्ष प्रशारणले तिर्थालुुलाई थप सहज भएको थियो। मान्छे हराउँदा, बिरामी पर्दा,उपयुक्त वासस्थान पहिचान नहुँदा साथी पनि सञ्चारमाध्यामको पहुंचमा पुुगेको बढीमा पाँच मिनेटको अन्तरालमा शुरक्षाकर्मी स्वयंसेवकको सम्पर्कमा भईन्थ्यो । सञ्चार माध्याममा लोकेशन नाम ठेगाना प्रसारण भएको वीदेन मिनेट भित्रै प्रहरी पुग्थे । जनशक्ति परिचालन पनि कति राम्रो! तर ड््युुयुटीमा खटिएका जनशक्ति माथि पावर पहुँच देखाउनेलाई ठाउँका ठाउँ कारबाही हुन्थ्यो। महासागरको मेलामा उर्लेको जनसागरलाई उच्च ब्यस्थापन गरेको देख्दा लोककल्याणकारी राज्य भनेको यस्तो हुंदो रहेछ भन्ने अनुभव भयो तिर्थालु नृगराज जोशीले भने ।
एक आमसञ्चारकर्मीमा हुन पर्ने गुण राष्ट्र,राष्ट्रियता सूचनाको सदुपयोग र आत्मअनुशासन, कर्मशील र ड्युटीफुल हुन भारतीय आमसञ्चार माध्यामले भारतभुमी प्रति र राष्ट्रिय स्वाभिमानमा उदाहरणीय कार्य गरेको अनुभव भयो । इन्डियामा बगलमारा हुन्छन् उनीहरुबाट सावधान रहनुपर्छ भन्ने सुनिथ्योे । तर, पछिल्लो समयमा भारतीय सेना प्रहरी र स्वयंसेवकको सक्रियताले लाखौं यात्रीले सुरक्षित यात्रा गर्न पाएका थियौं । चोेकचोकमा राखिएका प्रहरी कन्ट्रोलरुम हजारौंको संख्यामा जल, थल, वायु र अग्नि नियन्त्रण सेना प्रहरी लगायत लाखौं स्वयंसेवक परिचालन थिए । करोडौँ नागरिकलाई शान्तिशुरक्षाको प्रत्याभुती दिलाउने पश्चिमबंगाल सरकारलाई धन्यवाद ! भन्नैपर्छ । शान्ति शुरक्षाका सवालमा बंगालका स्थानीयको कथन थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी रहुन्जेल यहाँ चोरी,डकैती बदमासी नहुने जनविश्वास दिलाएको छ । उनीहरुका अनुसार “भारतमें जवतक मोदी और पश्चिम बंगालममें ममता बेनर्जीका सरकार रहेगा तो लुटपाट हो नै सक्ता” भारतीय नागरिकको कथन थियो ।
चालिस हजार बढी अस्थायी सौचालय २० हजार बढी शुद्धखानेपानी धारा, तिन लाख बढी अस्थायी धर्मशाला ,होटेल रेष्टराँ थिए ।नि:शुल्क स्वास्थ्य उपचारसहित सहुलियतमा यातायात सुविधा थियो । यद्येपी राति सुत्ने स्थान नपाएर मानिसहरु गंगासागरको दलदलको वालुमा जाग्राम वसेका दृष्यले मानिसमा कति आस्था श्रद्धा हुंदोरहेछन् भन्ने कुरा गंगासागर मेलाले प्रष्ट पारिदिएको छ।
भारतमा लाग्ने हरेक मेलालाई सफल पार्न सिंगो भारतसरकारको आर्थिक सामाजिक, भौतिक ,सांस्कृतिक र ठूलो मात्रमा जनशक्ति परिचालनले करोडौँ तिर्थयात्रुहरु शुरक्षित यात्रा भएको महशुस गर्छन् ।

धर्म संस्कार र संस्कृतीले भरिपूर्ण भारतको वाणारसी पुगेर स्नानधानसहित कपाल मुण्डन गर्ने। पुनपुना पुगेर आमा हुनेले खीर अथवा दुध पिलाउने र आमा नहुनेले पिण्ड दिएर आउने चलन छ । त्यस्तै गया पुगेर श्राद्ध गरी पृतीमोक्ष हुने। गयाबाट बोध गया भएर झारखण्ड हुंदै पश्चिम बंगालको खाडीमा रहेको गंगासागरमा स्नान गरी शुद्ध आत्माका साथ जगन्नाथपुरी पुगिन्छ । जगन्नाथपुरीमा बंगालको खाडीमा स्नानगरी अलौकिक जगन्नाथजीको दर्शन तथा त्यहाँका वास्तुकलाले सजाइएका मठमन्दिर अत्यन्त आकर्षण दृश्य मन लालायित हुन्छ ।
त्यसैगरी प्रयागराज महाकुम्भ स्नान जहाँ गंगा सरस्वती र यमुनाको संगम त्रिवेणीमा स्नान गर्नाले मनोकांक्ष पूरा हुने धार्मिक मान्यता छ । मकरसंक्रान्तिमै लाग्ने भारतको अयोध्या स्थित राम मन्दिर जो भारत सरकारले अरबौं रुपियाँ लगानी गरेर विश्वको धार्मिम पर्यटक स्थल निर्माण गर्दे छ । भारतका प्राय सबै धाममा दर्सनार्थीको घुंईचो देखिन्थ्यो । प्रत्येक धाममा दैनिक जसो लाखौं भक्तजनले दर्शन गर्छन् । हरेक धाममा गरिएको कुशल व्यवस्थापन कै कारण भारत सरकारको धार्मिक पर्यटकबाट अरबौं रुपैंया कमाउन सफल देखिन्छ भने तीर्थाटन गर्नेको तीर्थाटनमा घुंइचो लाग्छ , भारत सरकारका सकारात्मक कामको सिको नेपाल सरकारले पनि सिक्ने होलाकी ! अस्तु !











प्रतिक्रिया