शिल्पाले लिइन् सन्यास


अभिनेत्री शिल्पा पोखरेलले ओशोमार्ग अपनाएकी छन्। उनले हालै ओशो तपोवनमा पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यासको दीक्षा ग्रहण गर्दैैै सन्यासी जीवन शुरू गरेकी हुन्। सन्यास ग्रहण गरेपछि शिल्पाले नयाँ नाम पाएकी छन्। उनको नयाँ नाम माँ प्रेमा हास्या राखिएको छ।


अभिनेत्री एवम् ओशोमार्गी शोभिता सिम्खडाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिल्पाको ओशोमार्गबारे जानकारी दिँदै उनलाई शुभकामना दिएकी छन्। ‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डो¥याओस् र जीवनमा नयाँ अर्थ प्रदान गरोस्। धेरै धेरै शुभकामना’ शोभिताले लेखेकी छिन्।

फिल्म लज्जाबाट फिल्मी करिअर शुरू गरेकी शिल्पाले हवल्दार सुन्तली, फागु, किस्मत २, मंगलम् जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छन्। पछिल्ला वर्षमा शिल्पा फिल्मभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा रहँदै आएकी छन्।

उनको केही समयअघि मात्र निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद भएको थियो। ५ वर्ष लामो कानुनी लडाईंपछि उनको सम्बन्ध विच्छेद भएको हो।

सम्बन्ध विच्छेदपछि छविले शिल्पालाई अंशवापत् गौरीघाटस्थित करिब ५ आना क्षेत्रफलमा बनेको ४ करोड रुपियाँ बराबरको साँढे दुई तले घर दिएका छन्।