आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म पिताम्बरलाई लिएर निर्मात्री तथा निर्देशक कृषा चौलागाईं उत्साहित छिन्।
निर्देशक चौलागाईंका अनुसार टिजर र गीतमा प्राप्त दर्शक प्रतिक्रियाका कारण यो मल्टिस्टारर फिल्मको विदेशमा माग उच्च छ। ‘टिजर र गीतलाई प्राप्त प्रतिक्रियाले विदेशमा फिल्मको माग ह्वात्तै बढेको छ।
हरेक कथाअनुसार नयाँ फिल्म बन्ने भएकाले पिताम्बर पनि नयाँ कथा हो’ कृषा भन्छिन्। फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण यदा यदा हि धर्मस्य वाचन गरेपछि शुरू हुने एक्सनपूर्ण टिजरमा फिल्मका कलाकारहरू प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झालाई प्रस्तुत गरिएको छ।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरलाई १७ लाख बढी पटक हेरिएको छ। त्यस्तै प्रदीप खड्का र दिव्या रायमाझीको रोमान्स प्रस्तुत गरिएको गीत म त प्mयान भए यार १९ लाखपटक हेरिएको छ। तराईको लोकेसनमा भारतीय प्राविधिकले डिजाइन गरेको भव्य सेटमा छायांकन गरिएको गीत आकर्षक छ।
निर्माता विशाल चौलागाईं फिल्मप्रति रूचि बढ्दै गएकाले अझ राम्रो फिल्म बनाउनेमा आफू प्रतिबद्ध रहेको बताउँछन्। पेशाले मेडिकल व्यवसायी विशालले यसअघि कृषाको निर्देशन रहेको फिल्म एैंचोपैंचो निर्माण गरेका थिए। ऐंचो पैचोबाट निर्देशनमा पाइला चालेकी निर्मात्री कृषाले यसअघि इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलास निर्माण गरेकी छन्।
केपी फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काप्mले, रविन्द्र भट्टराई, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं, सुप्रोल बुढाथोकी ‘अनमोल’ लगायतले अभिनय गरेका छन्।











प्रतिक्रिया