निर्माणाधीन हन्टरको मुख्य पात्रको क्यारेक्टर लुक्स हालै सार्वजनिक गरिएको छ।
फिल्मका मुख्य कलाकार अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो। पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन्। उनको अनुहारमा रगत लतपतिएको छ। यसले उनी एक्सन भूमिकामा रहने जनाउँछ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको फिल्म जीवन सिंहले निर्देशन गदैछन्। उनको यो डेब्यु फिल्म हुनेछ। क्याच कक इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ममता सिंह र राज ए भट्टले निर्माण गर्ने फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ।
फिल्म रियल क्यारेक्टरको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन्। ‘रियल पात्रको कथामा फिक्सन मिसाइनेछ। जसले फिल्मलाई रोचक र रमाइलो बनाउनेछ’ उनले भने।











प्रतिक्रिया