मायावी दीपिकाको दोस्रो सन्तान दिवाकरले भन्न चाहेको कथा


नायिका दीपिका प्रसाईंले महाशिवरात्रीको अवसरमा आगामी फागुन १४ गते रिलिजमा आउने फिल्म मायावी आप्mनो लागि फिल्म मात्र नभएर सपना भएको बताएकी छिन्।

‘यो प्रोजेक्ट ५ बर्ष अगाडिदेखिको यात्रा हो। यो प्रोजेक्ट शुरू भएपछि मात्र म प्रेगिनेन्ट भएको थाहा पाएँ। त्यो अवस्थामा मैले कि त सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो। तर, म भगवानको नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भनेर अगाडि बढेँ। फिल्मको छायांकनका क्रममा निकै नै दुःख पाएँ ।

तर, अहिले दर्शकको उत्साह देख्दा खुशी लागेको छ’ दीपिकाले फिल्म छायांकनको क्रममा दुईमध्ये आफूले एक गुमाउने अवस्था रहेको जनाउँदै भनिन्, –‘मैले उहाँ (निर्देशक पति दिवाकर भट्टराई) लाई अब यो फिल्म म गर्न सक्दिनँ। अन्य नायिका लिनुहोस् भनें। तर, उहाँले हरेक तिमी छौ, अरुलाई सोच्न सक्दिनँ भन्नुभयो। त्यसपछि मैले फिल्म गर्नैपर्यो।’ दीपिकाले मायावीलाई आप्mनो दोस्रो सन्तान भएको जनाउँदै भनिन् ‘मायावी प्रेमको पागलपनको कथा हो। फिल्ममा अनेकौं तरिकाले मायावी देख्न सकिन्छ। मायावीको अर्थ सामान्य रूपमा मायाजाल बुझिन्छ तर, यो फिल्ममा भने मायावी भनेको आकर्षण हो भनेर देखाइएको छ।’

मायावीको सार्वजनिक गीत र पोस्टरबाट दर्शकमा फिल्मप्रति उत्साह बढेको छ। मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेनजस्ता दिवाकर भट्टराइले निर्देशन गरेको फिल्ममा यसपटक प्रेमकथा कथा भएपनि आप्mनो मनको कथा भन्न पाएकोमा उनी खुशी छन्। ‘मायावी शाब्दिक अर्थमा सुन्दर जाल हो, आकर्षण हो। मायाबाट दुनियाँ अलग रहन सक्दैन। मायाले नै सँसार बाँधेको छ। यसैले, मायाको प्रतीक हो मायावी।

बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका नै किन नहोस्? जो कोहीको पनि त्याग, जुनुन हुन्छ। मायावीले यही कथा भन्छ’ दिवाकर भन्छन्, –‘दुनियाँमा प्रेम पाउनेको कथाभन्दा त्याग्नेको कथा नै मजबुत हुन्छ। पीडा पाएर पनि खुशी हुने पात्रको कथा हो मायावी। प्रेमको त्यही त्यागको कथामा हामीले फिल्म बनाएका छौँ।’ पोखराको सेरोफेरोमा खिचिएको एउटा सामान्य वर्गको परिवारको कथामा मायावी बनाएको दिवाकरले जानकारी गराए। ‘पाएर गुमाउन सक्नुहुन्छ, तर गुमाएर पनि पाइरहनु मायावी हो।

यसपटक दर्शकले फरक स्वादको प्रेमकथा यो फिल्ममा हेर्न पाउनु हुनेछ। खुशी र सुख भन्ने फरक कुरा हो। कहिलेकाहीँ हामी जहाँ बाँचिरहेका छौं, त्यहाँ सुख खोज्दा खुशी हराएको हुन्छ। सामान्य एउटा मानिस कुन परिवेशमा खुशी हुन सक्छ र सुख अनुभूति गर्छ भन्ने कथामा यो फिल्म बनेको छ। यो मैले मेरो मनबाट बनाएको फिल्म हो। म मायावीबाट आप्mनो करिअर शुरू भएको मान्छु।’


मायावीको कथा लेख्दा कोही नायक वा नायिका दिमागमा नभएको उनी बताउँछन्। आप्mनो दिमागमा जोय भन्ने पात्र रहेको र उसैको सेरोफेरोमा रहेर यो फिल्मको कथा लेखेको भट्टराईको भनाई छ। पल शाह, दीपिका प्रसार्इं, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको यो फिल्म हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने विश्वास निर्देशक भट्टराईको छ।