मेलम्चीको पानीले काठमाडौंको बबरमहल जलमग्न भयो । त्यसबाट तीन सयभन्दा बढी घरहरु डुबानमा परी प्रभावित भए ।
आवातजावतसमेत बन्द भयो । दिउँसोको समय परेका कारणले यसबाट मानवीय क्षति हुन पाएन । तर रातमा यो घटना भएको भए धेरै मानिसको ज्यान जान सक्ने जोखिम रहेको अनुमान छ ।
यसकारण यस घटनाबारे स्थानीय सरकारको ध्यान जाओस् । मेयर बालेन्द्र साहको ध्यान आकर्षित गराउन चाहन्छु । यस्ता घटना हुन नदिन सुरक्षाका उपाय अवलम्बन गरियोस् ।
यदि भइहाले पनि समयमै यसको निराकरण गरियोस् । आगामी दिनमा यस्तो दुर्घटना नदोहोरियोस् । साथै यस विषयमा सम्बन्धित लापरबाही गर्ने व्यक्तिलाई सरकारले कडाभन्दा कडा सजाय दिलाओस् ।
– ईश्वरा श्रेष्ठ
सूर्यविनायक न.पा.–२, भक्तपुर ।
प्रतिक्रिया