लोकप्रिय कोरियोग्राफर कविराज गहतराजलाई मातृशोक परेको छ। उनका आमा मैया सुनारको ६७ वर्षको उमेरमा निधन भएको छ।
दमबाट पीडित उनलाई सोमवार बेलुका असहज महसुस भएपछि कीर्तिपुर अस्पतालमा लगिए पनि अस्पतालमा पु¥याउँदा डाक्टरले ११ः३० मा मृत घोषणा गरेको कविराजले बताए।
‘आमालाई दमको समस्या त थियो तर त्यस्तो गाह्राे थिएन। सोमवार अचानक गाह्राे भएछ। त्यति बेला म सुटिङमा थिएँ। परिवारले अस्पताल पुर्याएछन्। मैयाको परिवारमा श्रीमान् किशोर कुमार गहतराज र परिवार छन्।
उनको दुई छोरामध्ये जेठो छोराको तीन वर्षअघि नै निधन भएको थियो। उनको मंगलवार मच्छेगाउँस्थित घाटमा अन्तिम संस्कार गरिएको छ।











प्रतिक्रिया