धुलिखेलमा स्टुडियो बनाउन जग्गा हस्तान्तरण सम्झौता



धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३ सय रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ।


नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी बिच धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्न सम्झौता भएको हो। ‘यो स्टुडियो नेपाली फिल्म उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ।

यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर फिल्म निर्माणलाई सहज बनाउने परिकल्पना छ’ अध्यक्ष डिसीले भने। नगरपालिकाका मेयर श्रेष्ठले फिल्म क्षेत्रको विकासका लागि नगरपालिकाले हरतरहले साथ दिने बताउँदै भने, ‘यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउनेछ। पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ।’