विपिनको एक्सन अवतार


अभिनेता विपिन कार्कीले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म कर्माको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।


पोस्टरमा विपिन कार्कीलाई प्रस्तुत गरिएको छ। हातमा सर्ट गन बोकेका उनी बदलाको भावमा देखिएका छन्। पोस्टरमा रहेको स्लोगन ह्वाट गोज अराउन्ड, कम्स अराउन्डले बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ।

फिल्म अगस्त्यका निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन्। आगामी चैत २९ गते रिलिज हुने फिल्ममा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारले अभिनय गरेका छन्। मुकुन यसमा नेगेटिभ क्यारेक्टरमा छन्। एक्सन ड्रामा जनरामा निर्माणाधीन फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन्।


आर्टिस्टिक इनटरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालद्वारा निर्माणाधीन फिल्मको छायाकंन सम्पन्न भएको छ। मंसिरको अन्तिम साताबाट शुरू भएको फिल्मको छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन छायांकन गरी पूरा भएको हो।