बाफ्टा अवार्डमा कन्क्लेभ र द ब्रुटालिस्टलाई सर्वाधिक अवार्ड


ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) को ७८ औं संस्करण सम्पन्न भएको छ। बेलायतको लण्डनमा अवस्थित रोयल अल्बर्ट हलमा सोमवार सम्पन्न समारोहमा फिल्म कन्क्लेभ र द ब्रुटालिस्टले सर्वाधिक अवार्ड चुमेको छ।

समारोहमा फिल्म कन्क्लेभले सर्वोत्कृष्ट फिल्म, ब्रिटिश फिल्म, एडप्टेड स्क्रिन प्ले र सम्पादन गरी ४ तथा द ब्रुटालिस्टबाट ब्रेडी कर्बेटले निर्देशक, याड्रियन ब्रोडीले अभिनेता, डेनियल ब्लमबर्गले ओरिजिनल स्कोर र छायाकंन गरी ४ अवार्ड चुम्यो। गैरअंग्रेजी भाषाको फिल्म विधामा ११ विधामा छनोट भएको स्पेनी फिल्म एमिलिया पेरेज उत्कृष्ट ठहरिएको छ भने यही फिल्मबाट जोय साल्दानाले सहअभिनेत्रीको अवार्ड चुमिन्।


नेटप्ल्क्सको स्पेनी फिल्म एमिलिया पेरेजले यतिबेला चर्चा पाइरहेको छ। एमिलिया पेरेज अस्कर एकेडेमी अवार्डमा पनि १३ विधामा मनोनयनमा परेको छ। यो फिल्म यस वर्षको बाफ्टामा पनि ११ विधामा छनोट भएको थियो। जसमध्ये २ विधामा जित दर्ता ग¥यो। एडबर्ड बर्गरको राजनीतिक–थ्रिलर कन्क्लेभ र ब्राडी कोर्बेटको पिरियड ड्रामा द ब्रुटालिस्टले ७८औं बाप्mटा अवार्डमा सबैभन्दा बढी चार अवार्ड पायो।

अनोराबाट मिकी म्याडिसनले मुख्य अभिनेत्री विधाको अवार्ड चुम्दा अभिनेतातर्फको अवार्ड भने एड्रियन ब्रोडीले द ब्रुटालिस्टबाट चुमे। उत्कृष्ट निर्देशकको अवार्ड द ब्रुटालिस्टबाट ब्राडी कर्बेटले जिते। बाफ्टाको जितले अस्कर अवार्डको सम्भावित विजेता तय गर्न सक्ने संकेतको रूपमा बुझिन्छ। अस्कर अवार्ड मार्च २ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ।