बहुभाषी र बहुसांस्कृतिक मनहरूलाई जोडौँ


मानिसले बोल्दा शब्दलाई उच्चारण गर्ने शैली र स्वर स्थानविशेष फरक हुन्छ । एउटै समुदायको भए पनि फरक–फरक भौगोलिक परिवेशमा मानिसहरुको बोलीको लवज फरक हुन्छ भने समुदाय विशेषको फरक नहुने कुरै भएन । यस अवस्थामा खासगरी लवज ‘एक्सेन्ट’ लाई गरिने व्यवहारले सामाजिक दरार पैदा गर्ने गरेका थुप्रै उदाहरण छन् ।

सामाजिक र सांस्कृतिकरुपमा हुने यस्ता विभेदका लागि आम सञ्चारमाध्यम वा सामाजिक सञ्जालको प्रयोग हुनु अझ चिन्ताको विषय रहेको छ । कतिपय सन्दर्भमा सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर भाषिक लवजलाई व्यङ्ग्य अर्थात् खिसिटिउरी र तोडमोड गरी अपशब्द वा अश्लील अर्थ निकालिन्छ भने त्यसले अवश्य पनि सामाजिक सद्भाव बिगार्ने खतरा रहन्छ । समाजमा बहुसंख्यकहरूले आपूmभन्दा फरक स्वभाव भएकालाई जहिल्यै खिसिटिउरी गर्छन् र मनोरञ्जन लिइरहन्छन् । यो भनेको मनोवैज्ञानिकरुपमा हिंसा गर्नु हो ।

हाल चर्चाको शिखरमा पुगेका गायक कुम सागरको एउटा गीतको लवज र शब्दलाई तोडमोड गरी अपशब्द वा अश्लील अर्थ लगाउने गरी जुन एउटा पोडकास्ट अहिले सामाजिक सञ्जालमार्फत बाहिर आएको छ, त्यो कुन नियतले बाहिर ल्याइयो भन्ने प्रश्न आफ्नो ठाउँमा छ, तर त्यसले नेपाली समाजको भाषिक संवेदनशीलता, अझ समाजको बहुलतालाई पटक्कै ख्याल गरेको छैन । त्यसले गायक जोडिएको समुदायको भाषिक संवेदनशीलतालाई अपमानका रुपमा लिएको छ ।

यस्तो अनुभूति गर्ने स्थितिले स्वस्थ समाज निर्माणमा कदापि टेवा पु¥याउँदैन । न यसले नेपाली समाजको भाषिक संवेदनशीलता, अझ समाजको बहुलतालाई रतिभर ख्याल गरेको छ ? हुन त त्यसरी व्यङ्ग्य गर्नेले आफूबाट गल्ती भएको स्वीकार गर्दै सामाजिक सञ्जालमार्फत क्षमा पनि मागिसकेको स्थितिमा यो घटना क्रमशः साम्य हुँदै जानेछ होला पनि ।
हो, नाम चलेका कलाकार, अभिनेता वा राजनीतिज्ञको बोली नक्कल गर्नु, क्यारिकेचर गर्नु स्वाभाविक हो । यो नेपालमा मात्र नभई विश्वमै देखिएको प्रवृत्ति हो ।

त्यस्तै विभिन्न भाषाभाषीको क्यारिकेचर गर्नु पनि राम्रै हो । तर पात्रको भूमिकालाई न्याय भने अवश्य गर्नुपर्दछ । प्रायः कमेडी शृङ्खलामा गरिब नै सबैभन्दा धुर्त, ठग र बदमास देखाइएको हुन्छ । फरक क्षमता भएकामाथि असभ्य व्यङ्ग्य गरिएको हुन्छ । खास गरी टेलिभिजनका हास्य कार्यक्रममा धेरैजसो व्यङ्ग्य फरक स्वभाव वा विशेषता भएकामाथि नै भइरहेको हुन्छ । यसले बहुभाषी र बहुसांस्कृतिक मनहरूलाई जोडेर एकताबद्ध र समृद्ध नेपाली राष्ट्रवादको निर्माणमा पटक्कै टेवा पु¥याउँदैन । यसले केवल हीनताबोध मनोग्रन्थिको बढोत्तरी गर्दछ ।

चलचित्रमा विभिन्न समुदायको पहिरन लगाउनु, क्यारिकेचर गर्नु भाषा नमरोस् भनेर हो । त्यसमा कुनै एउटा समुदायको पात्रलाई खराब, चोरको रूपमा प्रस्तुत गर्नु, कसैलाई नकारात्मक असर पु¥याउने गरी व्यङ्ग्य गर्नु राम्रो होइन । दृष्टिविहीनकै या अपांगकै पात्रको अभिनय गर्दा पनि उनीहरूको राम्रो पक्षलाई प्रवद्र्धन गर्नुंपर्दछ ।

टेलिसिरियल या फिल्म निर्देशन गर्नेले विभिन्न समुदायबारे, तिनका सामाजिक मनोविज्ञानबारे अध्ययन गरेर मात्र चलचित्र निर्माणमा ध्यान पु¥याउनुपर्दछ । त्यस्तै जसको मातृभाषा नेपाली होइन, जसको जिब्रोमा त्यो भाषा अभ्यस्त छैन, त्यसले जसोतसो त्यो भाषा बोल्नु नै ठूलो कुरा हो । त्यो बोल्दा उसको आफ्नै भाषाको ध्वनि आउनु अस्वाभाविक होइन । मुख्य कुरो भनेको विविधतालाई स्वीकारिएको एकतालाई प्रवद्र्धन गर्ने हो । सबैको अस्मितालाई सम्मान भएको अनुभूति गराउनु प्राथमिक विषय हो ।