एकता कपुरविरुद्ध मुद्दा दायर


भारतीय टेलिभिजन क्विनको नामले चर्चित निर्मात्री एकता कपूर आफ्नो सञ्चालनमा रहेको आल्ट बालाजी नामक ओटीटी प्लेटफर्ममा कामुक सामग्री हालेका कारण पकट पटक कानुनको नजरमा पर्दै आएकी छन्।

सानो पर्दामा थुप्रै बोल्ड र सुपरहिट शो निर्माण गरेकी एकता यसपटक भने आफ्नो बोल्ड शोमा भारतीय सेनाको अपमान गरेको भन्दै चर्चा र आलोचना खेपिरहेकी छन्। एक भारतीय युट्युबर विकास पाठकले एकताले आफ्नो वेब सिरिज एक्सएक्सएक्समा भारतीय सैनिकको अपमान गरेको आरोप लगाउ“दै उनीविरुद्ध अदालतमा मुद्दा दायर गराएका छन्।

हिन्दुस्तानी भाऊ नामले समेत परिचित विकासले एकता कपूर, उनको ओटीटी प्लेटफर्म आल्ट बालाजी तथा उनको आमाबुबा जीतेन्द्र कपुर र शोभा कपूरविरूद्ध बान्द्रास्थित बान्द्रा मजिस्ट्रेट अदालतमा मुद्दा दायरा गराएका हुन्।

सो मामलामा शनिवार अदालतले प्रहरीलाई अनुसन्धानका लागि आदेश दिएको छ भने अनुसन्धानको रिपोर्ट ९ मे सम्म पेस गर्न आदेश दिएको छ। एकतामाथि सो अनुसन्धानको रिपोर्टअनुसार कारबाही हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।