प्रलिशा मिस नेवाः


नेप्लीज फेसन होमद्वारा आइतवार राजधानीमा सम्पन्न प्रतियोगितामा ललितपुर–१६ की प्रलिशा शाक्य एक लाख रुपियाँ नगद पुरस्कारसहित मिस नेवाः ११४५ भएकी छन्। उनले बेस्ट नेपाल भाषाको उपउपाधिसमेत जितेकी छन्।

प्रतियोगितामा लूनिभा मानन्धर फस्ट र लुमना महर्जन सेकेण्ड रनर्सअप भएका छन्। उनीहरूले पुरस्कारस्वरुप क्रमशः २५ र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन्। त्यसैगरी अल्पा महर्जन मिस पब्लिक च्वाइस, रितिशा बज्राचार्य मिस कल्चर, संस्कृति श्रेष्ठ मिस कन्फिडेन्ट, सुभेक्षा श्रेष्ठ मिस पर्सनालिटी, रिम्षा श्रेष्ठ बेस्ट हेयर, प्रसिद्धि शाक्य मिस डिसिप्लिन, रुजी शाक्य मिस फ्रेण्डसीप, अनुषा बज्राचार्य बेस्ट स्माइल, प्राश्ना श्रेष्ठ बेस्ट ड्रेस, रमुना बज्राचार्य बेस्ट स्किन, कुन्ता श्रेष्ठ मिस फोटोजेनिक, शुवास्ना श्रेष्ठ मिस चार्मिङ, रोनिशा महर्जन सोसल वेलफेयर एम्बेसडर चिफ, डिबिना डंगोल सोसल वेलफेयर एम्बेसडर फस्ट रनर्सअप, श्रद्धा महर्जन मिस ट्यालेन्ट र सोसल वेलफेयर सेकेण्ड रनर्सअप, अनुश्री शाक्य मिस ट्यालेन्ट फस्ट रनर्सअप तथा श्रीया मानन्धर मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप उपउपाधि विजेता भए।

रोजिन शाक्यको सञ्चालन र कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा ख्यातिप्राप्त अभिनेता मदनदास श्रेष्ठ र उप्रेती समाज सेवा समितिका अध्यक्ष सोबित उप्रेतीलाई नगद ५० हजार रुपैया“सहित लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।