धोका र बदलामा ११ः५५


आगामी चैत्र ८ गतेबाट रिलिज हुने फिल्म ११ः५५ (डु नट ट्रस्ट एनिवन) को टिजर सार्वजनिक गरिएको छ।
सार्वजनिक १ मिनेट ३४ सकेण्डको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ। प्रेम, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण टिजरले दर्शकमाझ उत्साह पैदा गराएको छ।

‘यो टिजर पूर्वावलोकन मात्र ती दर्शकका लागि स्वीकृत गरिएको छ, जसलाई फिल्ममा रोमाञ्च र रहस्य मनपर्छ’ टिजरको शुरूवातमा नै सावधान भन्दै जारी सूचनामा लेखिएको छ।

सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, डेब्यु अभिनेता सागर खनाललगायतले अभिनय गरेको क्राइम थ्रिलर जनरामा निर्मित फिल्ममा केशव पाण्डेको लेखन र निर्देशन रहेको छ भने निर्देशक पाण्डेस“गै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन
रहेको छ।

विचित्र फिल्म्स् र गुड जब आट्र्सको ब्यानरमा श्याम शर्मा र सरोजा शर्माद्वारा निर्मित फिल्ममा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको छायांकन र पासाङ दावा शेर्पाको सम्पादन रहेको छ।