मायावीमा प्रेमको उतारचढाव


आगामी फागुन १४ गते रिलिजमा आउने फिल्म मायावीको रोमाञ्चक ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरमा नायक पल शाह र नायिका दीपिका प्रसाईंको साथमा सुशील सिटौला, करिश्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ। पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा समावेश केही संवादले दर्शकको मन छुन्छ।

दिवाकर भट्टराईको लेखन र निर्देशन तथा क्रियटिभ सिने आर्टस् प्रालिको ब्यानरमा धु्रव न्यौपाने, राज कटुवाल, नेम महर्जन र चन्द्र पन्तद्वारा निर्मित फिल्ममा प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाईं, दिपेन्द्र सिंखडा, संगीता सिलवाललगायतले पनि अभिनय गरेका छन्।

ट्रेलर रिलिज कार्यक्रममा यसका कलाकारले फिल्म निर्माण गर्दाको दुःख र रमाइलो पल सेयर गरेका थिए। निर्देशक दिवाकर भट्टराईले फिल्मले दर्शकलाई निराश नबनाउने र सबैको अगाडि छाती खोलेर प्रिमियर गर्ने बताए। नायक पल शाहले आफ्नो माया गर्ने जो कोहीस“ग फिल्म हेर्न जान आग्रह गरे।

राजु पराजुली र सुमित वली सह–निर्माता, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता तथा राजकुमार कार्की लाइन प्रोड्युसर रहेको फिल्ममा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।