एक्टर: टेक वनद्धारा एक्टरविरुद्ध मुद्दा दायर

14.85k
Shares

जे हुन्छ नेपाली फिल्म क्षेत्रमै हुन्छ। यसपाली के भयो भने एक्टर: टेक वन नामक फिल्म रिलिजको पूर्व सन्ध्यामा एक्टर नामक फिल्मले उक्त फिल्मको नाम उस्तै भएकाले व्यापारमा प्रभाव पारेको भन्दै मुद्दा दायर ग¥यो।

दुई दिनको राम्राे बिदा सकिएपछि एक्टरले सहमति भएको भन्दै मुद्दा फिर्ता लियो। अहिले भने एक्टर: टेक वनले एक्टरविरुद्ध मुद्दा दायर गरेको छ। रिलिजमा रहेको एक्टरः टेक वनका निर्माता थमनकुमार भण्डारी र मोती कार्कीले एक्टरका निर्माता सम्राट थापा र उनकै कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा अनुचित समृद्धि मुद्दा दर्ता गरेका हुन्। शुक्रवार जारी प्रेस विज्ञप्तिमा, मुद्दा किनारा नलाग्दासम्म फिल्मको प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ।

रिलिजको एक दिन अघि, माघ १५ गते, अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको, उल्लेख गर्दा निर्माताहरूले यो अप्रत्याशित आदेशले दर्शकहरूलाई असुविधा पु¥याएको र एक्टरका निर्माताबाट आर्थिक ब्ल्याकमेलिङको प्रयास भएको दाबी गरेका छन्। ‘अग्रिम टिकट बुकिङमार्फत नेपालमा करिब ४० लाख रुपैयँँको टिकट बिक्री भइसकेको र विदेशमा पनि टिकट बिक्री भइसकेको अवस्थामा, एक्कासि प्रदर्शन रोक्नुपर्दा हामीले ठूलो आर्थिक क्षति व्यहोर्नु प¥यो भने मानसिक आघात पनि सहनुपरेको छ।

यस कठिन परिस्थितिमा, हामीलाई अर्को पक्षबाट आर्थिक ब्ल्याकमेलिङको सामना गर्नुप¥यो, अदालत खुल्नु अगावै सहमति दिएको जस्तो गरी फिल्म चलाउन सकिने भनियो। हाम्रो बाध्यताका कारण हामीसँग सो प्रस्ताव स्वीकार गर्नुको विकल्प थिएन’ विज्ञप्तिमा भनिएको छ, ‘मुद्दा किनारा लागेपछि फिल्म पुनः प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्छौं।’
एक्टर: टेक वनको यो कदमसँगै आज आइतवारदेखि यो फिल्मको प्रदर्शन स्थगित गरिएको छ। अदालतले छलफलका लागि दुबै पक्षलाई आगामी ६ गते बोलाएको छ।