लाज शरणम्का लागि बालेनले नेपाल हाँसेको ट्रेन्डिङमा


लाज शरणम्का लागि बालेनले नेपाल हाँसेको ट्रेन्डिङमा लोकप्रिय हास्य टेलिश्रृंखला सक्किगो निको कलाकार टिमद्वारा निर्मित फिल्म लाज शरणम्मा समावेश काठमाडौं महानगरपालिकाका मेयर बालेनले गाएको गीत सार्वजनिक गरिएको छ।


महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने लाज शरणम्मा समावेश बालेनले ¥याप शैलीमा गाएको नेपाल हासेको गीत सार्वजनिक गरिएको हो। गीतमा संगीत र शब्द पनि बालेनकै छ। गम्भीर विष्टको केरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल, सानु पाण्डेलगायतलाई प्रस्तुत गरिएको छ। गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ। गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो।


यसअघि फिल्मको प्रोमोसनल गीत हेर्दा हेर्दैमा सार्वजनिक गरिएको थियो। आशिष अविरल र शान्तीश्री परियारद्वारा स्वरवद्ध गीतमा आनन्द अधिकारीको शब्दरचना र कृष्ण भारद्वाजको संगीत रहेको छ। एकअर्कामा आकर्षित भएका युवायुवतीको प्रेम समेटिएको गीतमा प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुभ्mने प्रयास गरेका छन्। गीतको भिडियोमा फिल्मका मूख्य कलाकारहरूस“गै गजित विष्ट र माला लिम्बूले नृत्य गरेका छन्। गीत तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा खिचिएको छ।


महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज गरिने फिल्ममा सिताराम कट्टेल ‘धर्मुस’, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन्। जेपिटी क्रियसनको ब्यानरमा नवीन श्रेष्ठद्वारा निर्मित फिल्म कुमार कट्टेल ‘जिक्रि’ ले निर्देशन गरेका छन्। फिल्ममा राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेका छन्।