फिल्म सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलले आफ्नाे निर्देशनको चौथो फिल्मको रूपमा वरिष्ठ बलराम निर्देशन गर्ने घोषणा गरेका छन्।
महेश दवाडीले पटकथा तयार पारेको फिल्म आगामी फागुनको पहिलो साताबाट सुटिङ प्लोरमा जानेछ। सामाजिक कथावस्तुमा आधारित वरिष्ठ बलराममा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन्।
२०८२ सालमा रिलिज गर्ने लक्ष्य राखिएको फिल्म वृषभ सिद्धि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो।











प्रतिक्रिया