काठमाडौँ।
गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग मंगलबारदेखि छुट्टिएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी हुन्।
प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।’
एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको छ।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो ।
प्रतिक्रिया